भारतको थन्डरबोल्टलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स सेमिफाइनलमा

 माघ २९, २०८१ मंगलबार १७:५१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा ब्ल्याक बुल्सले थन्डरबोल्टलाई ३–० गोलले हरायो ।

योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लब अन्तिम चारमा पुगेका थिए । पहिलो सेमिफाइनलमा भोलि पुलिस र चर्च ब्वाइज खेल्नेछन् । दोस्रो सेमिफाइनलमा पर्सि फागुन १ गते ब्ल्याक बुल्सले थ्री स्टार खेल्नेछन् । २४औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल फागुन ३ गते हुनेछ ।

प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया