लगातार ५ दिनसम्म घटेको शेयर बजार आज बढ्यो, ७ अर्ब २४ कराेड रुपैयाँकाे काराेबार

 माघ २९, २०८१ मंगलबार १५:१६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार पाँच काराेबार दिनसम्म घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६.५४ अङ्कले बढेर २ हजार ६ सय ८३.८६ विन्दुमा पुगेको छ ।

आज बैंक, फाइनान्स, होटल, बीमा, माइक्रोफाइनान्स, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज सिकलेस हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ९६ करोडको शेयर कारोबार भएकोमा आज २ सय ९९ वटा कम्पनीका १ करोड ३९ लाख कित्ता शेयर ७ अर्ब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया