नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्ने

 जेठ २२, २०७९ आइतबार १५:५५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्ने भएको छ । आज आइतवार बसेको सचिवालयको बैठकले अहिले सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो । 

पार्टीले यसअघि नै पार्टीको तर्फबाट मन्त्री भएकाहरूलाई ६ महिनापछि फिर्ता गर्ने निर्णय गरिसकेको र ६ महिनाभन्दा लामो समय उनीहरू मन्त्री भइसकेकाले फिर्ता बोलाउन लागिएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो । मन्त्री फिर्ता बोलाउने र नयाँ मन्त्रीको नाम तोक्ने जिम्मेवारी पार्टीका शीर्ष नेतालाई दिइएको पनि तुलाधरले बताउनुभयो । 

एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ । ‘पार्टीको तर्फबाट मन्त्री हुनुभएको हो । पार्टीले आवश्यकता ठानुन्जेलसम्म उहाँहरू मन्त्री हुनुहुन्छ, त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ’, उपमहासचिव तुलाधरले भन्नुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया