हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - आज विश्व खाद्य स्वच्छता दिवस । स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार भन्ने नाराका साथ मनाइँदै छ ।
सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र सङ्घको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ ।
स्वच्छ र गुणस्तरीय खाद्यवस्तुको उपभोग गर्न पाउने हरेक नागरिकको नैसर्गिक अधिकार हो भने त्यसको समुचित व्यवस्था गर्नु राज्यको दायित्व हो । संविधानमा हरेक नागरिकले पर्याप्त, पोषणयुक्त, गुणस्तरीय र स्वच्छ खाद्य पदार्थको उपभोग गर्न पाउने मौलिक अधिकारको व्यवस्था गरिएको छ । तर, त्यो व्यवस्था कार्यान्वयनको पक्ष भने फितलो छ ।
बजारमा पाइने प्राय: सबैजसो खाद्य वस्तुमा अखाद्य वस्तुको मिसावट भएको पाइन्छ भने स्वास्थ्यलाई हानी गर्ने रसायन तथा रङको समेत प्रयोग गर्ने गरेको पाइन्छ । तर, यसलाई रोकथाम र नियन्त्रण गर्न सरकारले खासै चासो दिएको छैन ।
हरेक दिनजसो बजार अनुगमन भइरहेको भनिए पनि उपभोक्ताले त्यो महसुस नै गर्न पाएका छैनन् । अखाद्य वस्तुको मिसावटसँगै महँगीको मारमा उपभोक्ता छन् । स्वस्थ जीवनका लागि स्वच्छ र सन्तुलित खाना एउटा महत्त्वपूर्ण पक्ष भनिए पनि कार्यान्वयन नहुँदा अस्वस्थ खानपानकै कारण जटिल प्रकारका रोग समेत लाग्ने गरेको छ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार विश्वमा हरेक वर्ष दस जनामध्ये एक जना विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी पर्छन् ।
यसैबीच, दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै नागरिकको गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउने अधिकार तथा स्वस्थ जीवनयापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ ।
खाद्य पदार्थको स्वच्छता कायम राख्न उत्पादनदेखि उपभोगसम्मका सम्पूर्ण चरणसँग सम्बद्ध सबैले इमानदार र प्रतिबद्ध भएर काम गर्न आवश्यक भएको उहाँको भनाइ छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।