कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली, ब...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलको नकआउट प्लेअफ चरणको पहिलो लेगमा रियल मड्रिडले म्यानचेस्टर सिटीलाई हराएको छ ।
सिटीकै घरेलु मैदान इत्तिहादमा भएको खेलमा रियलले उत्कृष्ट पुनरागमन गर्दै सिटीलाई ३–२ गोलले हरायो । सिटीका लागि इर्लिङ हालान्डले दुई गोल गरे पनि टिमलाई जिताउन सकेनन् ।
रियल मड्रिडका केलियन एम्बाप्पे, ब्राहिम डियाज र बेलिङहमले गोल गरे । ८० औं मिनेटसम्म सिटी २–१ गोलले अघि थियो । तर ८६ मिनेटमा डियाज र इन्जुरी समयको दोस्रो मिनेटमा बेलिङहमले गोल गरेर रियललाई जिताए ।
अब दोस्रो लेग रियलको घरेलु मैदानमा हुनेछ । च्याम्पियन्स लिगमा शीर्ष आठ वटा टोलीले प्लेअफ चरण छोडेर सीधै मार्चमा हुने राउन्ड अफ १६ मा स्थान पक्का गरिसकेका छन् ।
उपाधिको ‘हकदार’ ठानिएका सिटी र रियलले शीर्ष आठमा पुग्न नसकेपछि प्लेअफ खेलेका हुन् ।
लिगमा गएराति नै भएका अरु खेलमा पीएसजीले ब्रेस्टलाई, बोरुसिया डर्टमन्डले स्पोर्टिङलाई र युभेन्टसले पीएसभीलाई हराएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।