रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाउनुभएको छ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरूपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको आज मङ्गलवार शिलान्यास गर्दै मन्त्री आलेले यस्ताे आराेप लगाउनुभएको हो ।
उहाँले आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरूलाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गर्नुभयो । मन्त्री आलेले पार्टीका केही नेताहरुले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘मन्त्रिमण्डल निर्माण गर्दा त्यतिखेर नै ६ महिनाका लागि हामीलाई तोकिएको थियो । हामीले त आठ महिना खान पायौँ, दुई महिना त ग्रेसपार्क पाइसक्यो । अरू साथीहरूलाई मौका दिने पार्टी अध्यक्षकाे इच्छा छ भने दिनुहोस्, म खुसी छु भनेर मैले सहमति पनि दिएको हो । तर हाम्रै पार्टीभित्रका केही नेताहरू आलेले धरै चलखेल गर्याे भनेर अन्तर्वार्ता दिइरहेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन । म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु ।’
मन्त्री आलेले तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको विरुद्धमा मुद्दा हालेर जितेको बताउँदै अबको मुचुल्कामा वडाध्यक्षको पनि साथ रहने विश्वास रहेको बताउनुभयो । उहाँले पशुपति धर्मशालामा श्रद्धालुकाे बस्न/खान पाउने व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रुपैयाँ दिएको उल्लेख गर्दै बतास समूहलाई त्याे कौडीको भाउमा दिन नसक्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।