रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि
पुस २९, २०८१ सोमबार
काठमाण्डाै - नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले रासायनिक मलमा कमिसन खान खोज्दा अभाव भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको बैठक बजेटमाथि भइरहेको मन्त्रालयगत छलफलमा बोल्दै सांसद भट्टराईले किसानले मल नपाएर खेती लगाउन नपाएको अवस्थामा पनि सरकारले रासायनिक मल ल्याउन आनाकानी गरेको दाबी गर्नुभयो ।
‘मलको हाहाकार छ, मल छैन, हामीले सुनिराखेका छौँ मल खोज्न कृषिमन्त्री भारत जानुभएको छ रे, कहाँ पुग्नुभयो ? उहाँको हालखबर के छ ? मल आउँछ कि आउँदैन, लिएर आउनुहुन्छ कि आउनुहुन्न ? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासन हुनुभयो कि भन्ने आशङ्का पनि छ’ भट्टराईले भन्नुभयो ।
उहाँले सरकारले कमिसन खान नपाएसम्म रासायनिक मल नआउने डर रहेको पनि बताउनुभयो ।
‘अर्को कुरा, यो सरकारले मल ल्याउन खोजेको छैन, मलमा माल खोजिरहेको छ माल । जबसम्म माल आउँदैन तबसम्म मल आउनेवाला छैन, हामीले मल खोजेको हो सभामुख महोदय मालको पछाडि लाग्ने खोजेको होइन’उहाँले भन्नुभयाे।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वीरेन्द्र
June 11, 2022, 4:08 p.m.आफू जस्तो सबैलाई उस्तै देख्छन । कति र्याल काडेका होलान यी तस्करहरुले ।