गठबन्धनको भविष्य छैन भन्ने कुप्रचारको पछाडि लाग्नु हुँदैन, चुनावसम्म जान्छ : माधव नेपाल

 जेठ २५, २०७९ बुधबार १७:१४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धन प्रदेश सभा र प्रतिनिधि सभा चुनावसम्म कायम रहने बताउनुभएको छ । अध्यक्ष नेपालले आउँदाे मङ्सिरमा प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुने भन्दै त्यतिबेलासम्म गठबन्धनलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टीले चाहेको बताउनुभएको हो । 

पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आज बुधवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गठबन्धनलाई भत्काउने प्रयत्नहरू भइरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गर्नुभयो  । गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपालको भनाइ थियो । 

उहाँले भन्नुभयो, ‘यो गठबन्धनको भविष्य छैन भन्ने कुप्रचारको पछाडि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउँदाे चुनावसम्म वा चुनावपछिकाे अवस्थासम्म लिएर जान चाहन्छौँ । हामी इमानदारिताका साथ चल्छौँ । तर कमजारी भएका छन् भने त्यसको आलोचना पनि गर्छाैँ ।’

अध्यक्ष नेपालले गठबन्धन गरेर पालिका चुनावमा जाँदा आफूहरूले पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकाको मेयरमा सफलता हासिल गरेको बताउनुभयो । 

फरक प्रसङ्गमा उहाँले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरूको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि पार्टी पङ्क्तिलाई सचेत गराउनुभयो । पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरूले सकेसम्म राम्रो काम गरेकाले उनीहरूलाई दोष लगाउन राम्रो नहुने अध्यक्ष नेपालको भनाइ थियो । उहाँले सरकारमा रहेर राम्रो काम गरेका मन्त्रीहरूलाई आउँदा दिनमा सम्मान गर्ने पनि बताउनुभयो । 

अध्यक्ष नेपालले वडा तहसम्म पुगेर प्रदेश सभा र प्रतिनिधि सभा चुनावकाे तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया