पहाडी भेगका एक, दुई ठाउँमा सामान्य वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवम् खेलग्राम पूर्वाधार निर्माण विकास समितिकाे अध्यक्षमा नियुक्त सुवास शाहीलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभएकाे छ । आज बुधवार खेलकुदमन्त्री गहतराजले शाहीलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभएकाे हाे ।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले शाहीलाई अध्यक्ष र कल्पना दियाकोटीलाई सदस्य पदमा मनोनीत गर्ने निर्णय गरेको थियो । कार्यक्रममा मन्त्री गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान नेपाली खेलकुदकै 'ड्रिम प्रोजेक्ट' भएकाले राम्रोसँग जिम्मेवारी बहन गर्न आग्रह गर्नुभयाे ।
उहाँले यस रङ्गशाला निर्माणका लागि सबै राजनीतिक दलकाे सहयोग लिन अध्यक्ष शाहीलाई सुझाव दिँदै प्रदेश सरकारलाई याे रङ्गशाला निर्माणका लागि उपयुक्त रकम छुट्याउन आग्रहसमेत गर्नुभयाे ।
नियुक्त पत्र बुझ्दै अध्यक्ष शाहीले निर्धारित समयमा रङ्गशाला र खेलग्राम निर्माणको काम सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले आउँदाे तीन वर्षभित्र अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण पूरा गरी सरकारलाई हस्तान्तरण गर्ने बताउनुभयाे ।
राष्ट्रिय प्राथमिकताको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण सुरु गर्नका लागि सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९ जारी गरेको थियो । सरकारले गएकाे वैशाख २६ गते 'फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९' राजपत्रमा प्रकाशित गरेको थियो । त्याे आदेशअनुसार दुई जना मनोनीत र बाँकी सात जना पदेन सदस्य रहने व्यवस्था छ । त्यस समितिलाई सोमवार बसेको मन्त्रिपरिषद्ले पूर्णता दिएको हो ।
धनगढी मुख्य चौराहादेखि पाँच किलोमिटर उत्तर–पश्चिममा रहेकाे फाप्ला क्षेत्रको साढे ३८ बिघा क्षेत्रफलमा सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्ने यसअघि नै टुङ्गाे लगाइसकेकाे थियाे ।
शाहीको नेतृत्वमा सन् २०१५ देखि नै फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियान छेडिएको थियो । गौचरणका रूपमा रहेको फाप्लालाई शाहीले स्तरोन्नति गर्दै सुरुमा स्थानीय लिगहरू सञ्चालन गर्नुभएकाे थियाे । नेपालको पहिलो फ्रेन्चाइज लिग क्रिकेटका रूपमा धनगढी प्रिमियर लिग (डीपीएल) को आयोजना शाहीले फाप्लामै गराएपछि भने यसले राष्ट्रियरूपमै चर्चा पाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।