रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आज बुधवार राष्ट्रिय सभामा बोल्दै सांसद देवले सरकार फेरिने बित्तिकै परराष्ट्र नीति परिवर्तन हुने कुरा नेपालमा हुन नहुने बताउनुभयो । उहाँले अहिले विश्वको राजनीति र कुटनीति चुनौतीपूर्ण, खतरनाक अवस्थामा रहेको भन्दै नेपाल यसबारेमा सजग छ वा छैन भन्ने प्रश्न गर्नुभयो ।
सांसद देवले भन्नुभयो, ‘विश्वको आजको जुन परिस्थिति छ, नेपालजस्तो सानो देशका लागि अत्यन्त चुनौतीपूर्ण, खतरनाक छ । नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्छ । नयाँ सरकार आउने बित्तिकै फोरेन पोलेसी परिवर्तन हुने कुरा नेपालमा हुनु हुँदैन ।’
सांसद देवले नेपालले अन्तर्राष्ट्रिय कुटनीतिको बारेमा विशेष विश्लेषण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले रुस–युक्रेन युद्ध र ताइवान आसपासका क्षेत्रमा भइरहेको चलखेलले नेपालमा पनि असर पर्नसक्ने भन्दै त्यसतर्फ सचेत रहेर काम अघि बढाउन सरकारलाई सुझाव दिनुभयाे ।
उहाँले भन्नुभयाे, ‘रसिया र युक्रेनको युद्धले युरोप र नेपालको पश्चिमतिर नयाँ परिस्थिति जन्माइरहेको अवस्था छ । रुस र युक्रेनको द्वन्द्व डोनवास क्षेत्रसँग मात्रै रहने हो कि, त्यो भन्दा पश्चिम किएभसम्म जाने हो, झनै फैलिएर पश्चिम युरोपतिर जाने हाे कि भन्ने हेर्नै बाँकी छ । यो युद्धले आर्थिक सङ्कट मात्रै होइन, धेरै ठूलो राजनीतिक र कुटनीतिक चुनौती विश्वसामु आइपरेको छ । अर्को चाइना सी, ताइवान आसपासका क्षेत्रमा पनि चुनौती देखिरहेको छ । यसले कुन बेला कस्तो स्थिति ल्याउँछ थाहा छैन । म आग्रह गर्न चाहन्छु, यो सामान्य कुरा होइन, त्यस कारण नेपाल सरकार र परराष्ट्र मन्त्रालय यस विषयमा विश्लेषण गरिरहेको होला ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।