रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्नका लागि नल्याइएको बताउनुभएको छ ।
आज बुधवार प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै खनालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्न नल्याइएको बताउनुभएको हो ।
उहाँले प्रस्ताव दर्तापछि परिस्थिति हेर्दै क्रमशः टुङ्गोमा पुर्याउनका लागि महाअभियोग लगाइएको बताउनुभयो । उहाँले महाअभियोगलाई टुङ्गोमा पुर्याउका लागि अझै समय बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि । यसलाई बिस्तारै एउटा टुङ्गोमा पुर्याउने हो । त्यसकारण समय अझै छ । समिति गठन भएको छ । समितिले माग गर्नुपर्याे अनि त्यसपछि प्रक्रिया अघि बढ्छ ।’
पूर्वप्रधानमन्त्री खनालले महाअभियोग प्रस्तावको सम्बन्धमा संसदले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।