राष्ट्रिय सभाको बैठक असार २ गते बस्ने

 जेठ ३१, २०७९ मंगलबार १३:५०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय सभाको बैठक आउँदाे असार २ गते बस्ने भएकाे छ । बैठक असार असार १ गते बस्ने भनिए पनि विशेष कारणले असार २ गते बस्ने भएको हाे ।   

राष्ट्रिय सभाकाे बैठक विशेष कारणवश ताेकिएकाे दिन बस्न नसक्ने भएकाले असार २ गते दिउँसाे १ बजे बस्ने गरी निर्धारण भएकाे सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले निकाल्नुभएका विज्ञप्तिमा उल्लेख गरिएको छ । 

‘राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम त्यस दिनका लागि बैठक बस्ने निर्धारण गर्नुभएको छ’, सूचना भनिएकाे छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया