एसपीपीबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : गगन थापा

 असार १, २०७९ बुधबार १२:३०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् बैठकमा जवाफ दिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीले आजै संसद् बैठकमा आएर कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको सम्झौता नेपालले गर्दैन भनेर जवाफ दिनुपर्ने बताउनुभयो ।

‘यस्तो सम्झौता नेपालले गर्दैन भनेर प्रधानमन्त्रीले आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ’ सांसद थापाले भन्नुभयो । प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि मात्र यसबारेका भ्रम र आशङ्का अन्त्य हुने थापाको भनाइ छ । 

तस्बिर : रासस

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया