रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले अदालतको आदेशका कारण कालोसूचीमा रहेका ठेकेदारहरूलाई कारबाही गर्न नसकिएको स्पष्टीकरण दिनुभएको छ । मन्त्री यादवले अदालतको आदेशकै कारण हुलाकी राजमार्गको विभिन्न ठाउँको काममा अवरोध भइरहेकाे पनि स्पष्ट पार्नुभयो ।
आज बुधवार मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले अदालतले कुरै नबुझी आदेश दिएका कारण कालोसूचीमा रहेका ठेकेदारहरूले उन्मुक्ति पाउने गरेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयाे, ‘ठेकेदारलाई कालोसूचीमा राख्दा अदालतमा मुद्दा हालिन्छ । अहिले भर्खरै एउटा पुल बनाएकाे ठेकेदारलाई हामीले कालोसूचीमा राख्याैँ । तर अदालतले रोक्का गरिदियो । अनि मन्त्रालयले के गर्छ ? अहिले हुलाकी राजमार्गकाे विभिन्न ठाउँमा काम अवरोध भएकाे छ । अदालतले कुरा नबुझी एकैछिनका स्टे अर्डर गर्दा सडकहरू बन्न सकेकाे छैन ।’
जग्गाको मुआब्जाको विषय भौतिक पूर्वाधारको विकासका लागि धेरै ठूलो समस्या भएको मन्त्री यादवको भनाइ थियो ।
तस्बिर : रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।