राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – पहिलो एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले हराएको छ ।
गए राति भएको खेलमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई दुई सय ३२ रनले हराएको हो । जितसँगै तीन खेलको शृङ्खलामा इङ्ग्ल्यान्डले एक–शून्यको अग्रता बनाएको छ ।
इङ्ग्ल्यान्डले दिएको चार सय ९९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९ ओभर ४ बलमा दुई सय ६६ रनमा समेटियो । नेदरल्यान्ड्सका लागि स्कट एड्वाड्र्सले अविजित ७२ रन बनाए । त्यस्तै म्याक्स ओडेडले ५५ रन जाेडे । इङ्ग्ल्यान्डका मोइन अलीले तीन तथा डेभिड विली, रिस टोप्ले र साम करनले दुई/दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ५० ओभरमा चार विकेट गुमाएर चार सय ९८ रनको कीर्तिमानी योगफल बनाएको थियो । इङ्ग्ल्यान्डले आफ्नै कीर्तिमान तोडेको हो । इङ्ग्ल्यान्डले यसअघि सन् २०१८ मा अस्ट्रेलियासँगकाे खेलमा चार सय ८१ रनको कीर्तिमानी याेगफल बनाएको थियो ।
नेदरल्यान्ड्ससँगको खेलमा इङ्ग्ल्यान्डका तीन खेलाडीले शतक बनाए । जोस बटलरले नटआउट एक सय ६२, डेविड मलनले एक सय २५ र फिल साल्टले एक सय २२ रन बनाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।