तेस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्काले अस्ट्रेलियालाई ६ विकेटले हरायो

 असार ६, २०७९ सोमबार ६:२८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तेस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्काले अस्ट्रेलियालाई ६ विकेटले हराएको छ । २ सय ९२ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ४८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

श्रीलङ्काका लागि पाथुम निस्सानकाले १ सय ३७ रनको शतकीय पारी खेले । यस्तै, कुशल मेन्डिसले ८७ रन, निरोशन डिक्कवेला र धनन्जय डी सिल्भाले समान २५/२५ रन बनाए भने चरिथ असलङ्काले १३ रन जोडे  ।

अस्ट्रेलियाका झेय रिचर्ड्सनले दुई तथा जोश हेजलवुड र ग्लेन म्याक्सवेलले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो ।

अस्ट्रेलियाका ट्रविस हेडले सर्वाधिक ७० रनको अर्धशतकीय पारी खेले । कप्तान आरोन फिन्चले ६२, एलेक्स केरीले ४९,  ग्लेन म्याक्सवेलले ३३, मार्नस लाबुसेनले २९ रन जोडे । श्रीलङ्काका जेफ्री वान्डरसेले ३ विकेट लिए भने दुश्मन्था चमेरा, दुनिथ वेलालेज र धनन्जय डी सिल्भाले एक/एक विकेट लिए ।

श्रृङ्खला अन्तर्गत पहिलो खेलमा अस्ट्रेलिया डकवर्थ लेविस पद्धतिको आधारमा दुई विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा २६ रनले पराजित भएको थियो । चौथो खेल भोलि र पाँचौँ तथा अन्तिम खेल शुक्रवार हुनेछ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया