च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आज बुधवार भरतपुर ७ मध्यविन्दु टोलमा रहेकाे प्रेमबस्ती कभर्ड हलको शिलान्यास गर्दै मेयर दाहालले यस्ताे बताउनुभएको हो । भरतपुरवासीको चाहना तीव्र विकास, सुशासन, पारदर्शीता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षका लागि तयार भएकाे उहाँले बताउनुभयो ।
‘सबै पक्षले मलाई अत्यधिक मत दिनुभएको छ’, उहाँले भन्नुभयो,‘यसका लागि म ऋणु छु । यो मेरो अन्तिम कार्यकाल हो । मैले चाहेर पनि फेरि मेयर हुन पाउँदिनँ । समय पनि धेरै छ । काम पनि धेरै गर्ने छु । सकेको राम्रो गर्छु ।’
विकासका लागि महत्त्वकाङ्क्षी भएकै कारण पहिलो कार्यकालमा भरतपुरमा सोचेको भन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको मेयर दाहालले स्मरण गर्नुभयो ।
‘विकासका लागि महत्त्वाकाङ्क्षी हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘महत्त्वकाङ्क्षी नभएर पनि हुँदैन । हुटहुटी हुनुपर्छ, सक्रिय हुनुपर्छ । चुप लागेर माथिबाट आएको बजेटको भर परे भए यति विकास हुने थिएन । स्रोतको सुनिश्चिता नहुँदा नहुँदा पनि धेरै काम अगाडि बढाएका थियौँ ।’
मेयर दाहालले दोस्रो कार्यकालका लागि चुनावकाे मत परिणाम नआउँदै भरतपुरको विकासको बारेमा चिन्तित भइ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग कुराकानी भएको उल्लेख गर्नुभयो ।
त्याे कुराकानीका बारेमा असार ३ गते आयोजना भएको वृहत् विकाससम्बन्धी बहस कार्यक्रममा उपाध्यक्ष पौडेलले मेयर दाहालको प्रशंसा गर्नुभएको थियो । उपाध्यक्ष पौडेलले मेयर दाहालको विकासप्रतिकाे हुटहुटीले भरतपुरको विकास सम्भव भएको विचार व्यक्त गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।