च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रूपमा लिन नहुने बताउनुभएको छ ।
आज बिहीवार टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले युवाहरू स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रूपमा लिनुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले नेपालमा मुख्य रूपमा दुई वटा मात्र राजनीतिक पार्टी रहेको भन्दै उनीहरूले राम्रो काम नगरे त्यसको अपवादको रूपमा नयाँ शक्तिले जन्म लिने बताउनुभयो । उहाँले राजनीति र राजनीतिक सङ्गठनमा विचारको महत्त्व बढी हुने भन्दै गन्तव्य र उद्देश्यका लागि विचार आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो गतिशील दुनियाँ हो । स्वतन्त्र युवाहरूकाे जितलाई अपवादको रूपमा लिनुपर्छ । यसलाई आंशिक सत्यको रूपमा लिनुपर्छ । नेपालमा मुख्य दुई वटा राजनीतिक पार्टी छन्, एमाले र नेपाली कांग्रेस । यिनीहरुले ठिक काम गरेनन् भने अपवादका रूपमा नयाँ शक्ति जन्मिन्छन् ।’
अध्यक्ष ओलीले युवाहरूमा राजनीतिप्रति घृणा नभइ आकर्षण बढेको उल्लेख गर्नुभयो । युवाहरूसम्म राजनीतिक पार्टी नपुग्नुले पनि उनीहरूले आफ्नो सङ्गठन बनाएर राजनीतिमा लागिरहेको उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
santosh Bk
June 25, 2022, 9:03 p.m.ठिकै हो युवा हरु ले राजनीति गरे सी बुढा हरु ले के गर्ने अनि देश मा काम कसले गर्ने ? राजनीति गर्ने बुढाहरु ले नै हो तर राम्रो विचार र राम्रो सोच भको मान्छे हुनुपरो / त्यो बुदो मान्छे लाई जिताउनु पर्यो जसले २५/३० को उमेर मा पनि देश र जनता को लागी इमान्दार र मेहनती गरेर केही गरेको होस / त्यस्तो मान्छे लाई जिताउनु परो जसले खाली आफ्नो र आफन्तीलाई मात्रै होइन, देश र जनता को लागि सोच्ने र चिन्ता गर्ने होस / आफ्नो घर को लागि त जसले पनि सोच्छन् तर देश को लागि सोच्ने मान्छे होस/