बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
कास्की - पोखराको सुइँखेत डुबानमा परेको छ । हिजाे बेलुकादेखि परेकाे अविरल वर्षापछि गएकाे पहिराेले खाेला थुनिँदा सुइँखेत डुबानमा परेकाे हाे । डुबानमा परि १ सय ५० भन्दा बढी परिवार विस्थापित भएका छन् ।
पोखरा-२५ सुइँखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिनुभएकाे छ ।
नदी थुनिएपछि सबै घर डुबानमा परेका उहाँले बताउनु भयाे । 'डुबानमा परेका सबैलाई घरबाट निकालेर सुरक्षित ठाउँमा राखेका छौंँ, खाेला थुनिएको ठाउँमा डोजर ल्याएर खोल्दैछौँ । विशेषत फार्महरुमा बढी क्षति पुगेकाे छ' उहाँले भन्नुभयाे ।
विस्थापित हुनेहरूलाई सुरक्षित ठाउँमा राखिएकाे र अहिलेसम्म कुनै मानवीय क्षति नभएकाे उहाँले बताउनु भयाे । उहाँका अनुसार पोखरा-१६ अमलामा भने एउटा घर बगाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।