च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – मन्त्री हेरफेरको विरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएका नेकपा एकीकृत समाजवादीका ६ जना सांसदहरुले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।
मन्त्रीहरू फेर्ने पार्टीकाे निर्णय नमान्ने भन्दै संसदीय दलको बैठक बोलाउन माग गरेर अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका १० जना मध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिएका हुन् । हस्ताक्षर फिर्ता लिनेहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले सहित सांसदहरू धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्त र बिनादेवी बुढाथोकी रहेका छन् ।
उनीहरुले अध्यक्षलाई संयुक्त पत्र लेखेर आफूहरुले हिजो आठ बुँदे मागसहित अध्यक्ष नेपाललाई बुझाएको पत्रबाट अहिले हस्ताक्षर फिर्ता लिएको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।