च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरू घमण्डी भएकाले देश अघि बढ्न नसकेको दाबी गर्नुभएको छ ।
आज सोमवार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले देश चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘देश अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौँ । देश चलाउने मान्छे पनि घमण्डी भयौँ । कर्मचारीको बारेमा त के भनौँ र ? हामीले आफ्नो तर्फबाट जे गर्नुपर्ने हो त्यो
गरिरहेका छैनौँ । हामी नेताहरू आफू बच्नका लागि सुरक्षित नीति, नियम बनाउने । आफूलाई संरक्षण गर्ने किसिमका कानुन बनाउन खोज्ने । कुनै पनि व्यक्तिले बलियाे सङ्कल्प नगर्दासम्म देश बन्दैन । देश बनाउनका लागि सबैले सामूहिक रूपमा प्रतिबद्धता जनाऔँ ।’
मन्त्री चौधरीले देश बनाउनका लागि सामूहिक प्रतिबद्धता जनाएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रीहरूले घुस खाँदा पैसा धेरै कमाउने र देश नबन्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।