च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले पनि सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । जसपाको कार्यकारिणी समितिले अहिले सरकारमा भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको हो ।
अध्यक्ष उपेन्द्र यादवले पार्टीले चाहेको बेला मन्त्रीलाई फिर्ता बोलाउने छलफल भइरहेको बताउनुभयो । मन्त्री हेरफेर सामान्य कुरा भएको पनि अध्यक्ष यादवको भनाइ छ । यस अघि एकीकृत समाजवादी पार्टीले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो । जसपाको कार्यकारिणी समितिको बैठकमा डा. बाबुराम भट्टराई र उहाँ पक्षका नेता भने सहभागी नभएका पाइएको छ ।
बैठकले नयाँ मन्त्रीमा नाम सिफारिस गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको बुझिएको छ । यसले फुटको संघारमा पुगेको जसपामा झन् विवाद बढ्ने देखिन्छ । जसपाभित्र अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीच पछिल्लो समय विवाद छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।