च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
कास्की - नेकपा एमाले संसदीय दलले गण्डकी प्रदेशका मुख्यमन्त्रीकाे राजीनामा माग गरेकाे छ । आज पत्रकार सम्मेलन गर्दै बजेटमाथि निकास दिन नसकेको भन्दै एमालेले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलकाे राजीनामा मागेको हो।
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले भन्नुभयाे, ‘सरकारले राजीनामा दिनुपर्छ । नीति तथा कार्यक्रम टेबुल गर्दा मन्त्री नै अनुपस्थित थिए । त्यसको कारण के हो ? सरकारले त्यही दिन मार्ग प्रशस्त गर्नुपर्थ्यो ।’ नेता गुरुङले कार्यपालिका र व्यवस्थापिकाको अन्तर पनि सरकारले बुझ्न नसकेकाे बताउनु भयाे ।
कांग्रेस र माओवादीबीचको विवादले बजेटमाथिकाे छलफल रोक्न नमिल्ने उहाँको भनाइ छ । ‘मुख्यमन्त्रीले संसद् रोक्न मिल्दैन । दलको विवाद मुख्यमन्त्रीको समस्या हो, संसद्को होइन,’ उहाँले भन्नुभयाे ‘कि मुख्यमन्त्रीले अर्थमन्त्री हटाउन सक्नुपर्छ । कि मुख्यमन्त्री आफैँले राजीनामा दिनुपर्छ ।’
निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्नुपर्ने उहाँको भनाइ छ । मुख्य मन्त्री पोखरेलले बजेटमा चुनावी क्षेत्र पूर्वाधार कार्यक्रम समावेश गर्न निर्देशन दिनु भएकाे थियाे । तर, अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले त्याे कार्यक्रम बजेटमा समावेश नगरेपछि विवाद सुरु भएको हो ।
विवाद भएपछि गण्डकी प्रदेश सरकारले बजेटमाथि छलफल नगरि अनिश्चितकालका लागि संसद् स्थगन गरेको छ । गण्डकी सरकारले असार १ गते ३५ अर्ब ९० करोड रुपैयाँकाे बजेट ल्याएको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।