च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
६४ औँ संसद् दिवसको अवसरमा आज बिहीवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पालिका चुनाव स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न भएको दाबी गर्दै अब प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि समयमै सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले देशकाे हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान गर्नुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियाे बनाउन आवधिक चुनावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाललाई विकसित र समुन्नत देशकाे रूपमा अघि बढाउन सबैले मिलेर काम गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘सबै मिलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको यात्रालाई चाँडै टुङ्गोमा पुर्याइ नेपाललाई विकसित र समुन्नत देशकाे रूपमा स्थापित गर्नु हामी सबैको दायित्व हो । गएकाे वैशाख ३० गते पालिका चुनाव निष्पक्ष रूपले सम्पन्न भइसकेको छ । यसै वर्ष प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्पन्न गर्न सरकार प्रतिबद्ध छ ।’
प्रधानमन्त्री देउवाले देश दिगो शान्ति र विकासको गतिमा अघि बढिरहेको उल्लेख गर्दै त्यसलाई सार्थक बनाउन पूर्वसांसदहरूको अनुभव उपयोगी हुने धारणासमेत राख्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।