धेरै सम्पत्ति हुनेहरूकाे सूची सार्वजनिक गराैँ : सांसद सुवाल

 असार १७, २०७९ शुक्रबार १७:१९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले धेरै धन, सम्पत्ति हुने मान्छेहरूको नाम सार्वजनिक गर्नुपर्ने बताउनुभएकाे छ । आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’ मा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

सांसद सुवालले धनी र प्रतिष्ठित व्यक्तिको नाम सूची बनाएर सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले धनी मान्छेहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छ । धनी मान्छेहरूको
नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्छ । धनीको सूची प्रकाशित गरौँ ।’

उहाँले उमेर भएका मान्छेहरूलाई सामाजिक सुरक्षा भत्ता सँगसँगै सीपमूलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया