च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – चालिस वर्ष उमेर पुगेर एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाउने सहमति भएकाे छ ।
आज शुक्रवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा त्यस्ता महिलालाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान राख्न सहमति जुटेको हो । त्यसैगरी सम्बन्ध विच्छेद गरेर श्रीमानको सम्बन्धमा १२ वर्षदेखि नरहेका विवाहित वा अविवाहित महिलालाई पनि एकल महिलाको परिभाषाभित्र राखेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान पनि सर्वसम्मतिले पारित भएको समितिकी सचिव बबिता मिश्रले जानकारी दिनुभयो ।
बैठकले नेपाल सरकारले पिछडिएका क्षेत्रका साथै कुनै निश्चित क्षेत्र तोकी त्यस्तो क्षेत्रमा बसोवास गर्ने नागरिकलाई पनि त्यस्तो भत्ता उपलब्ध गराउन सक्ने प्रावधानसमेत राखेको छ । समितिकी सचिव मिश्रले भन्नुभयो, ‘विवाह गरी वा नगरि एक्लो जीवनमा रहेका र ४० वर्ष उमेर पुगेका, त्यसैगरी सम्बन्ध विच्छेद गरेर अनि श्रीमानको सम्बन्धमा १२ वर्षदेखि नरहेका लैङ्गिक हिंसामा परि विवाहित वा अविवाहित रूपले एक्लो जीवन व्यतित गरिरहेका महिलालाई पनि थपेर एकल महिलाको परिभाषाभित्र राखिनुपर्छ भनेर यो संशोधनलाई समितिले स्वीकार गरेको छ ।’
समितिले कम आय भएका तथा पालनपोषण र हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भएर पनि आर्थिक रूपले विपन्न अवस्थामा रहेका अन्य एकल महिलालाई पनि असहाय एकल महिला भत्ता दिने प्रावधानसमेत पारित गरेको छ । त्यसैगरी स्वघोषणा गरी सामाजिक सुरक्षा भत्ता कसैले लिन नचाहेमा उसलाई सरकारले प्रशंसा पत्रसहित सम्मान गर्ने प्रावधान समितिबाट पारित गरिएको समितिकी सचिव मिश्रले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
chandara rokaya
July 2, 2022, 5:38 p.m.राम्रो लाग्यो , किनकी म पनि एक्लो केटी हुँ , मेरो उमेर र परिस्थितिले मेल खाने भएकोले सही लाग्यो / यो सेवा कसरी लिन सकिन्छ ? जानकारी पाउँ न /
Sushila dhakal
July 2, 2022, 2:24 p.m.अर्की श्रीमती ल्याएर छुट्टै घर परिवार बनाएर बसेको श्रीमान तर जेठी श्रीमती डिभोर्स नगरि एक्लो जीवन काटेको २५ वर्ष भन्दा बढी भयो , उहाँको २ छोरी मात्र छन्भने उहाँले भत्ता पाउनु हुन्छ कि हुन्न होला /
गोमा छ्न्त्याल
July 2, 2022, 6:57 a.m.ठिक हो एकल बसेको लाई केही राहत हुन्छ
Indra Prasad poudel
July 1, 2022, 6:50 p.m.अति राम्रो लाग्यो ।