केपी ओलीद्वारा कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग

 असार १८, २०७९ शनिबार १९:१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गर्नु भएको छ । 

अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनि कृषिमन्त्री यादवलाई प्रश्न समेत गर्नु भयो । 

उहाँले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट अखिल नेपाल किसान महासंघलाई कडा निर्देशन दिनु भयो । 

महासंघले शनिबार पाटनको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले किसानले मल नपाइरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोशसमेत व्यक्त गर्नु भयो । 

उहाँले किसानसँग सरोकार राख्ने हरेक विषयमा महासंघले सरकारलाई बुझ्ने भाषामा दबाब दिनुपर्नेतर्फ सचेत गराउनु भयो । उहाँले भन्नु भयो,  ‘मल पाउँदैन, तपाईँहरु चुप लागेर कानमा तेल हालेर बस्नु हुन्छ । मल ल्याउन बाध्य पार्नु पर्दैन सरकारलाई । दुनियाँमा त मल दिएन भने त कृषिमन्त्रीले त तत्काल राजीनामा दिनुपर्छ, के हेरेर बस्ने ? मन्त्रीले के हेरेर बस्यो ? सरकारले के हेरेर बस्यो ? पिर्कामा सलामी खानका लागि मन्त्री बनाएको हो ? होईन नि ।’ 

अध्यक्ष ओलीले आफूले सरकार छोडेको एक वर्षमै ४९ अर्ब चामल आयात गरेको भन्दै सरकारप्रति असन्तुष्टि पनि व्यक्त गर्नु भयो । उहाँले कृषि प्रदान देशमा, उर्वर जमिन भएको देशमा एक वर्षमा ठूलो परिणाममा चामल आयात गर्नु अशोभनीय भएको बताउनु भयो । अध्यक्ष ओलीले ६० प्रतिशतभन्दा बढि जनसंख्या कृषिमा आधारित भएको देशमा हामी किन खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको भनि सरकारलाई प्रश्न समेत गर्नु भयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया