अर्थमन्त्रीमाथि उठेका विषयमा संसदीय छानबिन समिति बनाउनुपर्छ : पूर्णबहादुर खड्का

 असार २२, २०७९ बुधबार ९:२७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विषयमा उठेका विवादबारे तत्काल छानबिन गर्न माग गर्नु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टास लेख्दै उपसभापति खड्काले बजेट निर्माणका विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताउनु भएको छ ।

‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर संसद र आम जनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यसलार्ई विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ’ उहाँले लेख्नु भएको छ – 'विगतमा पनि संसदको यस्तो परम्परा छ । बरु ढिलो नगरौं आजै टुङ्गो लगाउँ ।’ 

अर्थमन्त्री जनार्दन शर्मामाथि संसदमा बजेट प्रस्तुत गर्नु अघिल्लो मध्यराति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर नै हेरफेर गरेको आरोप लागेको छ । यस पछि अर्थ मन्त्रालयको सिसिटीभि फुटेज पनि नभएको जवाफ दिए पछि उहाँको चर्को आलोचना भईरहेको छ । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि अर्थमन्त्री हटाउन दबाब परेको छ । तर, सत्ता गठबन्धनका कारण देउवा मौन रहेपछि उहाँकै पार्टीका नेताहरुले विरोध गर्न थालेका छन् ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया