सङ्घ र प्रदेशको चुनाव गर्न १० अर्ब रुपैयाँ लाग्ने, पहिलेभन्दा २ अर्ब २० करोड धेरै !

 असार २२, २०७९ बुधबार १७:२९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – निर्वाचन आयोगले सङ्घ र प्रदेशको चुनाव गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान प्रधानमन्त्री समक्ष पेस गरेको छ । 

आयोगले २०७४ सालको सङ्घ र प्रदेशको चुनावमा सात अर्ब ८० करोड रुपैयाँ खर्च भएकोमा यो पटक विविध कारणले खर्च बढेर १० अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको हो । 

कर्मचारीको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्चमा भएको वृद्धि, मतदाता सङ्ख्यामा भएको वृद्धि, मतदानस्थल र केन्द्रको सङ्ख्या थपिनु, सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने, मतदान सामग्रीमा भएको मूल्यवृद्धि, ढुवानी खर्च र ज्याला लगायतका कारण आउँदो चुनावमा खर्च बढ्ने आयोगको तर्क रहेको छ । 

यस्तै आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मङ्सिर २ गते एकै चरणमा सङ्घ र प्रदेशको चुनाव गर्न प्रस्ताव गरेको छ । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया