छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँ : शर्मा

 असार २२, २०७९ बुधबार १८:२८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्य–तथ्य संसदमा ल्याउन आफूले पदबाट राजीनामा दिएको बताउनुभएको छ । 

आज बुधवार संसदबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले आफूले बजेट निर्माणका क्रममा कुनै पनि गल्ती नगरेको समेत दाबी गर्नुभयो । ‘मैले बजेट निर्माणमा कुनै पनि गल्ती गरेको छैन, स्थापित मूल्य, विधि र पद्धतिका आधारमा बजेट निर्माण भएको छ’, उहाँले भन्नुभयो, ‘जुन किसिमले विषय उठेको छ, त्यसले नागरिकमा भ्रम परेको छ, छानबिनबाट त्यो भ्रम हट्नेछ भन्ने विश्वास छ ।’

आज प्रतिनिधि सभाले आउँदो आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नमा छानबिनका लागि संसदीय विशेष समिति गठन गरेलगत्तै सदनमा सम्बोधन गर्दै शर्माले राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।

 सम्बन्धित समाचार

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया