नुन र मुटु रोगको सम्बन्ध
माघ १४, २०८१ सोमबार
सुर्खेत – राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात–सात वर्ष कैद सजायकाे फैसला सुनाइएकाे छ । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका ९ बोटेचौरका चोमन घर्ती मगर र भूपेन्द्र बुढामगरलाई सात–सात वर्षको कैद सजाय सुनाएकाे हो ।
अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुवै जनालाई सात–सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिबाना तोकिएको छ । उनीहरू दुवै जनाले पीडित राहत कोषमा जनही आठ हजार रुपैयाँसमेत जम्मा गर्नुपर्नेछ ।
यसैगरी यौन दुर्व्यवहार भएको होटलका सञ्चालक मनबहादुर पुनलाई तीन वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिबाना तोकिएको छ । उनले पीडित राहत कोषमा चार हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसलामा तोकिएको छ ।
उनीहरूलाई २०७८ जेठ २३ गते पक्राउ गरिएको थियो । बोटेचौरमा रहेको मनबहादुर पुनको होटलमा राउटे दुई जना युवतीलाई लिएर घर्ती र बुढाले २०७८ जेठ २१ गते राति दुर्व्यवहार गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।