एकीकृत समाजवादीकाे प्रमुख सचेतकमा सरला यादव

 असार २४, २०७९ शुक्रबार १६:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ । आज शुक्रवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यादवलाई प्रतिनिधि सभाकाे प्रमुख सचेतकमा मनाेनयन गरेकाे हाे । 

यस्तै बैठकले देशका सबै सङ्घीय निर्वाचन क्षेत्र र सबै प्रादेशिक निर्वाचन क्षेत्रमा पार्टीकाे सङ्गठन विस्तार गर्ने निर्णय गरेकाे सम्मानित नेता झलनाथ खनालले बताउनुभयाे । भर्खरै सम्पन्न केन्द्रीय परिषद् बैठककाे निर्णयअनुसार एक सय ६५ वटा सङ्घीय निर्वाचन क्षेत्र र तीन सय ३० वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पार्टीकाे सङ्गठन विस्तार गर्ने निर्णय गरेकाे उहाँले बताउनुभयाे । यस्तै जनवर्गीय सङ्गठनहरू विस्तार गर्ने र पार्टी सङ्गठनलाई राष्ट्रव्यापी रूपमा विस्तार गर्ने निर्णय पनि गरेकाे उहाँकाे भनाइ छ । 

सम्मानित नेता खनालले देश सङ्घ र प्रदेश चुनावमय हुन लागेको भन्दै त्यसकाे तयारी गर्ने कुरालाई पार्टीव्यापी रूपमा अघि बढाउने निर्णय भएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया