नेपाल ढिलाे–चाँडाे श्रीलङ्काकै स्थितिमा पुग्ने नारायणकाजी श्रेष्ठकाे चेतावनी

 असार २६, २०७९ आइतबार १८:५७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलाे–चाँडाे श्रीलङ्काकै स्थितिमा पुग्ने चेतावनी दिनुभएकाे छ । 

आज आइतवार सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले भ्रष्ट, स्वार्थ, कुशासन, अपारदर्शिता बढ्दै गए नेपाल श्रीलङ्काकै अवस्थामा पुग्ने चेतावनी दिनुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ, हामी अहिले नै श्रीलङ्काको अवस्थामा पुगिसकेका छैनौँ, यो सही नै हो । तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार–सिध्दान्त एवम् मूल्यविहीन भ्रष्ट–स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवम् दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्कोरूपमा पुर्‍याउने त्यतै हो । 

देशलाई श्रीलङ्काकै अवस्थामा पुग्नबाट बचाउन समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवम् सङ्गठित प्रयत्न गर्नुपर्ने उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Mandhwoj khatri

    July 11, 2022, 2:37 a.m.

    खासमा भन्नू पर्दा नेपालको लागि संघीयता घातक हो।तीन तहमा सरकार बनेको छ।जस्लाई नेपालको आम्दानीले धान्न गार्हो परिरहेको छ।स्थानीय तहमा छोते राजाहरुले ब्रमहलुत मच्चाईरहेका छन् ।लाखौमा बन्ने बिकासका योजनाहरु करोडौंमा बनेका छैनन्।एउटा स्वतन्त्र नागरिकलाई समाजमा बाच्न्न हम्मे हम्मे परिरहेको,स्थानीय तहमा गएर बुझ्दा थाहा हुन्छ।कुनै दलको झोले नभै समाजमा बाच्न गार्हो छ।स्वतन्त्र ब्यक्तिको कुनै परिचय नभएको अबस्था छ समाजमा।नाताबाद र दलबादले गर्दा नेपालको आर्थिक स्थिति जम्मै पहुँचवालाको सेरोफेरोमा रुमलिएको छ।हाम्रो देसको परिस्थिति सङ्ग थ्याक मिल्दोजुल्दो परिवेश हो श्रीलंकाको।

  •  0 Reply

तपाईको प्रतिक्रिया