कांग्रेस पदाधिकारी बैठक : भ्रातृ र शुभेच्छुक संस्थाको मान्यतासँगै विधान स्वीकृत

 असार २६, २०७९ आइतबार २०:२४:२६ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेस पदाधिकारी बैठकले भ्रातृ र शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रूप दिइ स्वीकृत गरेकाे छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज आइतवार बसेको बैठकले आदिवासी जनजाति महासङ्घ, थारुरू सङ्घलाई भ्रातृ संस्थाको मान्यता दिँदै विधानलाई अन्तिम रूप दिइ स्वीकृत गरेर भाेलि साेमवारदेखि हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेकाे हाे । 

यसैगरी शुभेच्छुक संस्थाका रूपमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक संस्थागत र निजी विद्यालय सङ्घलाई शुभेच्छुक संस्थाका रूपमा मान्यता दिने बैठकले निर्णय गरेको छ । 

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया