च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको बताउनुभएको छ ।
मानव अधिकार अलाइन्सले आयोजना गरेको २३औँ स्थापना दिवसमा बाेल्दै उहाँले आफूले मानव अधिकारको उल्लङ्घन अहिलेसम्म नगरेको र अब पनि नगर्ने प्रतिबद्धता जनाउनु भएकाे हाे ।
'मैले गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हालेको छु, प्रधानमन्त्री भएर सबै जिम्मेवारी पनि सम्हालेको छु', पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, '५७ वर्षदेखि मेरो राजनीतिक लडाइँ मानवअधिकारका लागि हो, मैले मानवअधिकारको उल्लङ्घन गरेको छैन, मानवअधिकारको उल्लङ्घन गर्ने छैन ।' उहाँले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई विशुद्ध र अशुद्ध ठान्न नहुने टिप्पणी पनि गर्नु भएको छ ।
अध्यक्ष ओलीले मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै त्यस्तो भ्रममा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई सचेत समेत गराउनु भएकाे छ ।
आज मानव अधिकार अलाइन्सले आयोजना गरेको आफ्नो २३औँ स्थापना दिवसमा मानव अधिकार आयोगका कुनै पनि सदस्यहरु उपस्थित नभएकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभएकाे थियाे ।
अध्यक्ष ओलीले मानव अधिकारलाई राजनीतिक नियुक्तिको कार्यकाल, जागिरको रुपमा नलिइ आदर्श, निष्ठा, यात्रा र गन्तव्यको रुपमा आफूले लिएको पनि स्पष्ट पार्नु भयो ।
ओलीले राजनीति विकृत भए मानव अधिकारको उल्लङ्घनको घटना बढेर जाने बताउनु भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।