प्रतिनिधि सभा बैठक तीन बजे बस्दै

 असार ३०, २०७९ बिहीबार १३:८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकमा नेपाली नागरिकता विधेयक-२०७९ (पहिलो संशोधन) बारे छलफल गर्ने तयारी गरिएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले यो विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

हिजोको संसद् बैठकमा गृहमन्त्री खाणले विधेयक पेस गर्नु भएको थियो । राज्य व्यवस्था समितिले २२ महिना छलफल गरेर टुङ्ग्याएको विधेयक सरकारले फिर्ता लिएर गएको हप्ता नयाँ विधेयक दर्ता गरिएको थियो ।

२०७२ साल असोज ३ अघि जन्मसिद्ध नेपाली नागरिकता प्राप्त गरेका नागरिकका छोराछोरीलाई वंशजका आधारमा नागरिकता प्रदान गर्ने गरी विधेयक ल्याइएको छ ।

नेपाली नागरिक आमाबाट नेपालमा जन्म भइ यही बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले पनि वंशजका आधारमा नेपालको नागरिकता प्रदान गर्ने व्यवस्था विधेयकमा राखिएको छ ।
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया