नेपालमा जन्मेकाले नेपाली नागरिकता पाउनुपर्छ : नेता रिजाल

 असार ३०, २०७९ बिहीबार १८:२०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनुपर्ने बताउनु भएको छ । 

आज बिहीवार प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलमा बोल्दै सांसद रिजालले यस्तो बताउनुभएको हो । उहाँले एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने र अर्काे अनुहारका मानिसहरूलाई मधेसी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नति नहुने दाबी गर्नुभयो । 

सांसद रिजालले नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ भनेर संविधानले लेखेको भए पनि अहिलेसम्म सबै नेपाली नागरिकले नागरिकता प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले साढे पाँच वर्षदेखि नागरिकता ऐन आउला र नागरिकता पाउँला भने मानिसहरू पर्खिएर बसेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने, अर्काे अनुहारका मानिसहरूलाई मधेशी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट कहिल्यै पनि देशको उन्नति हुँदैन । कुनै पनि विशेष खालको अनुहारलाई नेपालको नागरिक होइन भन्ने कुनै पनि अधिकार छैन । नेपालमा जन्मेकोले नेपाली नागरिकता पाउने अधिकार भएकोले कुनै पनि व्यक्तिलाई नागरिकताबाट वञ्चित गर्ने अधिकार छैन । साढे पाँच वर्षदेखि मान्छेहरू नागरिकता पर्खिएर बसेका छन् । कतिले प्रमाणपत्र लिन पाएका छन् । कतिले राेजगारी र कतिले विदेश जान पाएको छैन । त्यसलाई कति दिनसम्म रोक्ने ? यो गलत छ, यसको अन्त्य हुनुपर्छ ।एउटा कुनै पनि विदेशीले नेपालको नागरिकता पाउँनु हुँदैन । एउटा कुनै पनि नागरिकले कुनै पनि नाममा नागरिकता रोकिनु हुन्न । यो प्रावाधान ल्याउन खोजेको हो ।’

सांसद रिजालले कुनै पनि विदेशीले नेपालकाे नागरिकता पाउन नहुनेमा पनि जाेड दिनुभयाे । नेपाली नागरिकलाई नागरिकता लिनबाट वञ्चित हुनुपर्ने अवस्थाको अब अन्त्य गर्नुपर्ने उहाँकाे भनाइ थियाे । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया