च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद थपेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगको म्याद तीन महिनाका लागि थप्ने निर्णय गरेको हो ।
आयोगका पदाधिकारीको म्याद भोलिदेखि सकिँदै थियो । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा दुवै आयोगसम्बन्धी ऐनहरू संशोधन गर्ने र त्यहीअनुसार संरचना तय गरी न्यायिक निरूपण गर्ने सहमति भएको थियो । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकमा समयावधि सकिन लागेका सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि थप गर्ने विषयमा सहमति भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पोखरेलले जानकारी दिनुभयो ।
यसैगरी आजको बैठकमा एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीका विषयमा पनि छलफल भएको थियो । बैठकमा छलफलका क्रममा एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएमा उहाँले राजीनामा दिनुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाले जोड दिनुभएको थियो ।
त्यस्तै नागरिकतासम्बन्धी विधेयकमाथि पनि छलफल भएको थियो । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाको संयोजनमा बसेको बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठ, जनमोर्चाका उपाध्यक्ष पोखरेललगायत सहभागी हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।