च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - भारत भ्रमणमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ ।
आज प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाबीच भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ ।
प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्डले भोलि बिहान भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
हिजो भारत गएका प्रचण्ड भोलि स्वदेश फर्कनुहुनेछ । कांग्रेस नेतृ आरजु राणा पनि भारतमै रहेको र चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै प्रचण्ड भारत भ्रमणमा गएकोलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर प्रचण्डले आफ्नो भ्रमण पूर्व निर्धारित कार्यक्रम अनुसार नै भएको दाबी गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।