च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ ।
नयाँ दिल्लीमा भएको भेटवार्तामा दुई देशको सम्बन्धका विविध विषयमा छलफल भएको छ । भेटवार्तापछि ट्वीट गर्दै विदेशमन्त्री जयशंकरले प्रचण्डलाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै छलफल फलदायी भएको बताउनुभएको छ । उहाँले आर्थिक सहकार्यमा केन्द्रित भएर छलफल भएको पनि जानकारी दिनुभएको छ ।
Pleased to welcome @cmprachanda to India on his visit at the invitation of BJP President @JPNadda ji.
— Dr. S. Jaishankar (@DrSJaishankar) July 16, 2022
A productive discussion on strengthening our neighbourly relationship with a focus on economic cooperation. pic.twitter.com/GDA6G9cBff
छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहने पनि भारतीय विदेशमन्त्री जयशंकरले उल्लेख गर्नुभएको छ । हिजो भारत जानुभएका प्रचण्डले आजै भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । आजै नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा भएको पत्रकार सम्मेलनमा प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताउनुभएको छ ।
उहाँले झण्डै तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको दोहोर्याउनुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।