च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।
नयाँ दिल्लीमा रहेकाे भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले उहाँहरूबीच भेटवार्ता भएको जानकारी दिनुभयो ।
भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशङ्कर पनि उपस्थित हुनुहुन्थ्यो । अध्यक्ष दाहालले हिजाे शनिवार भारतीय विदेशीमन्त्री जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गर्नुभएको थियो ।
यस्तै भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले अध्यक्ष रहनुभएको 'फाउन्डेन फर पब्लिक अवारनेस एन्ड पोलिसी' ले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्ध’ विषयक कार्यक्रमलाई अध्यक्ष दाहालले सम्बोधन गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।