च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गर्नुभएको छ । आज आइतवार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि भुसालले पदभार ग्रहण गर्नुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई शपथ ग्रहण गराउनुभएको थियो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उपसभामुख भुसालले आफ्नो कार्यकालमा संविधानअनुसार काम गर्ने बताउनुभयो । उहाँले उपसभामुख बनेपछि आफ्नो जिम्मेवारी बढेको महसुस गरेको सुनाउनुभयाे ।
उपसभामुख भुसालले संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भूमिका इमानदारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सदनलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन आफ्नो महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।
उपसभामुख भुसाल गएकाे शुक्रवार नेकपा एमालेकी सांसद विद्या भट्टराईलाई पराजित गर्दै गठबन्धनको तर्फबाट उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।