च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार नागरिककाे समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद ज्ञवालीले अमेरिकामा खाना खाएको फोटो देखाएर आफ्नो ट्रोल बनाएको भन्दै नागरिकका समस्या समाधान गर्न सरकार उत्तरदायी नबनेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयाे, ‘मैले सार्वजनिक कार्यक्रममा बोलेको कुरा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाउनुभएछ । त्यसो गरेर उहाँहरूको भान्सामा सस्तो हुन्छ भने मेरो शुभकामना छ ।’
केही दिनअघि एउटा कार्यक्रममा सांसद ज्ञवालीले आफू पूर्वमन्त्री भइसकेकाे र अहिले सांसद हुँदा पनि महँगीका कारण भान्सा दुई थरी तरकारी पाक्न गाह्राे भएकाे बताउनुभएकाे थियाे ।
सांसद ज्ञवालीले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत सरकारले नागरिकसँग लुट्न मूल्य नघटाइरहेको आरोप लगाउनुभयो । उहाँले किसानले मलखाद नपाइरहेको भन्दै सरकार यत्तिका दिनसम्म पनि गैरजिम्मेवार भएर बस्न नमिल्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।