सरकारले भित्रभित्रै एसपीपी पास गर्ने तयारी गरिरहेकाे देव गुरुङकाे आशङ्का

 साउन ५, २०७९ बिहीबार १६:२५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै अमेरिकी स्टेट पार्टनरशिप प्राेग्राम (एसपीपी) सम्झौता गर्ने तयारी गरिरहेको आशङ्का गर्नुभएको छ । आज बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

सांसद गुरुङले भर्खरै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौता गर्न लागिएको आशङ्का व्यक्त गर्नुभयो । सांसद गुरुङले परराष्ट्र मन्त्रालयले पछिल्लो समयमा तत्कालै पत्राचार गर्न नसकिने र विभिन्न पक्षसँग संवाद, सल्लाह, परामर्श गरेर मात्रै गर्ने अभिव्यक्ति दुःखद रहेको बताउनुभयो । 

उहाँले परराष्ट्र मन्त्रालयको अभिव्यक्ति मन्त्रिपरिषद्को निर्णय विपरीत भएको बताउनुभयो । उहाँले अविलम्ब एसपीपी सम्बन्धी पत्र पत्राचार गर्न रुलिङको माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘परराष्ट्र मन्त्रालयकी प्रवक्ताले एसपीपी सम्झौता नगर्ने भनेर पत्राचार गर्न नसकिने अभिव्यक्ति दिनुभएको छ, यो मन्त्रिपरिषद्को निर्णयभन्दा विपरीत भयो भन्ने लाग्छ । किनभने मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरूको हो । तर परराष्ट्रले यो निर्णय कार्यान्वयन गरिरहेको छैन । त्यसैले अविलम्ब एसपीपी सम्बन्धी पत्र पत्राचार गर्न रुलिङको माग गर्न चाहन्छु ।’

सांसद गुरुङले 'पिस को–अप्रेशन एग्रिमेन्ट' भनेर शीर्षक राखेर एसपीपी सम्झौता गर्ने प्रयास भइरहेको दाबी गर्नुभयाे । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया