वीपी काेइरालालाई नेपालकाे संसद्ले सम्झिनुपर्छ : मिनेन्द्र रिजाल

 साउन ६, २०७९ शुक्रबार १५:१५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले कांग्रेसका संस्थापक एवम् पूर्वसभापति विश्वेश्वरप्रसाद कोइराला (वीपी) लाई नेपालको संसद्ले सम्झिनुपर्ने बताउनुभएको छ । 

आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद रिजालले आज वीपी कोइरालाको स्मृति दिवस भएको र वीपी नेपालको पहिलो संसद्को नेता भएकाले उहाँलाई संसद्ले स्मरण गर्नुपर्ने बताउनुभएको हो । वीपीले राजासँग लड्दा अथवा राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेको उहाँले बताउनुभयो । 

सांसद रिजालले कोइरालाले नेपाली नागरिकलाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लाग्नुभएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘वीपी नेपालको पहिलो संसदको नेता मात्रै होइन नेपाललाई लामो समयसम्म एउटा गुन लगाएर जानुभएको छ । यस्तो नेता जो सबैभन्दा माथि उभिएर बस्नुभएको थियो । कहिल्यै जीवनमा जनताको प्रतिनिधि हुँ भन्ने गुमाउनुभएन । राजासँग लड्दा पनि, राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेर, नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लाग्नुभयो । वीपी काेइरालालाई संसदले आज स्मरण गर्नुपर्छ ।’

सांसद रिजालले समकालीन नेताहरू सुवर्णशम्शेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरूले समेत वीपी कोइरालालाई उच्च सम्मान गर्ने गरेको प्रसङ्ग उठाउनुभएको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया