च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपाली (एनआरएन) लाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताउनुभएकाे छ । आज शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
नेता भट्टराईले आमाको नामबाट नागरिकता दिने विषयमा सर्तहरू तेर्साइनु गलत भएको बताउनुभयो । आमाको नाममा निःशर्त नागरिकता दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘जन्मसिद्धका सन्तानले वंशीय नागरिकता पाउने कुरा त आएको छ । एनआरएनलाई पनि पूर्ण अधिकारसहितकाे नागरिकता दिनुपर्छ भन्ने मेराे मान्यता छ । तैपनि राजनीतिकबाहेकका अन्य अधिकारसहितका नागरिकता दिने कुरा छ, त्यो पनि सकारात्मक छ ।’
भट्टराईले वैवाहिक अङ्गीकृतकाे कुरा पनि समानतामा आधारित नभएकाे भन्दै लैङ्गिक पहिचानसहितमा भएकाे त्रुटि सच्याएर नागरिकता विधेयक पारित गर्नु राम्रो हुने धारणा राख्नुभयाे । नागरिकतासम्बन्धी विधेयक अपूर्ण रहेको उहाँकाे टिप्पणी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
HImal Nepal
July 22, 2022, 8:19 p.m.यिनीहरुको नागरिकता खारेज गरि विदेश पठाउनुपर्छ /