च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – सांसदहरू हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसदको गणना गर्दा गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भयो ।
धेरैजसो सांसदले विधेयकको विषयमा आफ्ना कुरा राखेपछि बैठक स्थलबाट बाहिरिएका थिए । केही सांसद भने हाजिर गरेर हिँडेका संसद् सचिवालयले जनाएको छ । विधेयकलाई निर्णयार्थ पेस गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या नभएको दाबीसहित गणना गर्न आग्रह गर्नुभएको थियो । त्यसपछि सभामुख सापकोटाले सांसदको सङ्ख्या गणना गर्न लगाउँदा गणपूरक सङ्ख्या अर्थात् ६९ जना सांसद पनि बैठकमा नरहेको पाइयो । कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधि सभामा कम्तीमा ६९ सांसद आवश्यक पर्छ ।
दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा ६९ जना सांसद पनि उपस्थित नहुनुलाई सांसदहरूको गैरजिम्मेवारीपन भन्दै आलोचना हुँदै आएको छ ।
तस्बिर : रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।