पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको समितिले सिंहदरबार गेटको सीसीटीभी फुटेजको अनुसन्धान गर्ने

 साउन ९, २०७९ सोमबार ७:१६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - पूर्व अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले सिंहदरबार गेटको सीसीटीभी फुटेज मगाएर अनुसन्धान गर्ने भएको छ ।

हिजो बसेको समितिको बैठकले सिंहदरबार छिर्ने दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाएको छ।

समितिले बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते दिउँसो १२ बजेदेखि १५ गते दिउँसो १२ बजेसम्मको फुटेज हेरेर अनुसन्धान गर्न लागेको हो । यसअघि अर्थ मन्त्रालयका दुई जना सचिव, कर्मचारी र सुरक्षाकर्मीसँग बयान लिए पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको पुष्टि हुन सकेको छैन ।

समितिको हिजोको बैठकले सिंहदरबार प्रवेश गर्ने गेटदेखि नै छानबिन गर्ने निर्णय गरेको हो ।

समितिमा रहेका एमालेका सांसदहरुले पूर्व अर्थमन्त्री शर्माको मोबाइलको कल डिटेल हेर्नुपर्ने बताए पनि सत्तारुढ दलका सदस्यहरुले भने व्यक्तिको गोपनीयताको हनन हुने भन्दै कल डिटेल हेर्न नहुने अडान राखेका छन् । यस विषयमा आजको बैठकमा पनि छलफल हुने भएको छ । यसअघि समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि बजेट निर्माणको दिनको फुटेज नपाएपछि रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ ।

फरेन्सिक ल्याबको रिपोर्ट अझै आएको छैन । असार २२ मा गठन भएको समितिले २८ गतेदेखि छानबिन थालेको हो । पहिलो सात दिनको अवधिमा छानबिन नटुङ्गिएपछि गएको बिहीवार संसद्ले अर्को सात दिनको समय थप गरेको छ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया