च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
ललितपुर – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रूपमा अघि बढ्ने बताउनुभएको छ ।
आज सोमवार ललितपुरमा नेपाल ललितकला सङ्घले आयाेजना गरेकाे कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजान सक्ने समाज बनाएर जान कांग्रेस सक्षम रहेको दाबी गर्नुभयो । उहाँले नेपाललाई श्रीलङ्का नबन्ने बाटोमा लैजान, नेपाललाई समुन्नतिको उचाइकाे बाटाेमा लैजान कांग्रेस पार्टी सक्षम रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो देशलाई समुन्नत उचाइमा लिएर जान बाँकी छ । नेपाललाई श्रीलङ्का नबन्ने बाटोमा, नेपाललाई समुन्नतिको उचाइमा लैजान नेपाली कांग्रेस पार्टी सक्षम छ । यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजान सक्ने समाज हामी बनाएर जानेछौँ । अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रूपमा लैजानुपर्छ ।’
महामन्त्री शर्माले कलाकार राष्ट्रका गहना नभइ गौरव भएकोले यस्ता भनाइहरूमा पनि परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालले संसार सामु उच्च शिर राखेर समृद्धिको उचाइ जित्न बाँकी रहेको भन्दै कला, संस्कृति र साहित्यले यसमा धेरै सहयोग पुग्ने बताउनुभयो । उहाँले नेपाल कहिल्यै पराजित भएको थिएन भन्ने इतिहास झुटो भएको भन्दै नेपाल पराधिन नभएको तर पराजित भएको पाठ बालबालिकालाई सिकाउन आवश्यक रहेको बताउनुभयो । नेपाली समाजमा विश्वलाई पहिल्यै जितिसकेका छाैँ, अब जित्नै पर्दैन भन्ने एक किसिमको सङ्कुचित सोचको विकास भइरहेकोले कला, संस्कृति र साहित्यमार्फत त्यसलाई हटाउन आवश्यक रहेको उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।