च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसदले प्रधानसेनापति प्रभुराम शर्माको अस्ट्रेलिया भ्रमणलाई लिएर प्रश्न उठाएका छन् । प्रधानसेनापति शर्माले 'एनुअल चिफ अफ डिफेन्स कन्फ्रेन्स' मा भाग लिन साउन ९ देखि ११ गतेसम्म अस्ट्रेलिया भ्रमण गर्ने तय भएकोबारे माओवादी सांसदले प्रश्न उठाएका हुन् ।
प्रतिनिधि सभा सदस्य अञ्जना विशुङ्खेले अस्ट्रेलियामा हुन थालेको आईपीएसको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली सेनाका प्रधानसेनापतिलाई कुन हैसियतमा पठाउन लागेको भन्दै सरकारसँग जवाफ माग गर्नुभयो । उहाँले सरकारले एमसीसी आईपीएसको सदस्य अङ्ग नभएको भन्दै नेपालको संसदबाट एमसीसी पास गर्ने अनि त्यही आईपीएसको सम्मेलनमा सेनापति सहभागिका लागि पठाएर सरकारले नेपालको असंग्लन परराष्ट्र नीति मिचेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल आईपीएसको सदस्य अङ्ग होइन भनेर एमसीसी संसदबाट पारित गराउँदा यसैसँग १२ बुँदे घोषणा समेत संसदबाट पारित गराइएको थियो । तर यो निर्णयलाई लत्याएर सरकारले नेपाली सेनाका प्रधानसेनापतिलाई आईपीएसको सम्मेलनमा कुन हैसियतले सहभागिता जनाउन पठायो । यसको जवाफ सभामुखमार्फत सरकारसँग माग गर्दछु ।’
त्यस्तै सांसद अमृता थापाले सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गर्ने तर प्रधानसेनापतिकाे अस्ट्रेलिया भ्रमण मन्त्रिपरिषदबाट पारित भइरहेको कुरा साँचो भए तत्काल सच्याउन माग गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।